२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा इन्जिनियको लापर्वाहिले संम्पदाको स्वरुप परिवर्तन (फोटो फिचर सहित)


३२१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सर्वोत्तम गिरी

    २०७२ सालको भुइचालोमा परी क्षतीग्रस्त पाँचखाल नगरपालिका वडा न ३ स्थित रामपुर मोठापाटी मा अवस्थित श्री सुम्भेश्वर महादेव मन्दिर तथा पाटी को पुनर्निर्माण पुरातत्व बिभाग को प्रत्यक्ष सङ्लग्नतामा भईरहेको छ । तर पुरातत्व बिभागका इन्जिनियर तथा ठेक्केदार को चरम लापाबाहिले क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदा स्वरुप परिवर्तनको शिकार हुन वाध्य भएका छन । आफ्नो पहिचान गुमाउन वाध्य भएका छन ।

    स्थानियबासी तथा गुठीका महन्त (कान्छा राज गिरी) ले ठेक्केदार लाइ भेटेर तथा पुरातात्विक बिभागमा गएर पटक पटक गुनासो गर्दापनी उपचार नपाएको बताउनुहुन्छ । पाँचखाल तथा सिङ्गो जिल्ला भित्र नै यस्तो स्वरुपको सम्पदा नभएको स्थानियको दावी छ । पुनर्निर्माणाको शुरुवात देखिनै हेल्चेक्र्याइ गर्दै आएको गुनासो स्थानियबासिको रहेको छ । पुराना सामाग्रिको अनुचित प्रयोग, नयाँ कमसल सामाग्रीको प्रयोग, जथाभावी सिमेन्ट र बालुवाको प्रयोग , दुई बर्षसम्म घामपानीमा भिजेको काम नलाग्ने चुनाको प्रयोग तथा चुनालाई पर्याप्त नभिजाइकन प्रयोग गर्नाले पनि यसको गुणस्तर नराम्रो भएको बताउछन स्थानिय । पुरानो फोटो र नक्सा बमोजिम पनि पुनर्निर्माण नभएको स्थानियको दावी रहेको छ ।

    पुरातत्व बिभागले स्थानिय सरकार सङ्ग कुनै सम्बन्ध नराखी आएर निर्माण गरेको र स्थानिय सरकार ले हस्तक्षेप गर्न नमिल्ने बताउनुहुन्छ यस वडाका वडाध्यक्ष सुन्दर अधिकारी । “तथापी हामीले इस्टिमेट र नक्सा बमोजिम निर्माण समयमै सक्न दबाव दिएका छौ। बिक्रम सम्बत १८५४ मा निर्मित (शिलालेख बमोजिम) यि पुराना सम्पदा राज्य सरकारको उदासिनताको कारणले राज्यको लगानी बालुवा मा पानी हालेको जस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताउछन स्थानियबासी । “ठेक्केदार र कर्मचारीले जती नाफा कमाएपनी हाम्रो धरोहरको प्राचिन कलाको जगेर्ना होस् भन्ने हाम्रो चाहना हो । सामाग्री अभाव हुँदा आकार घटाइकन पनि निर्माण गर्न लगायो ठेक्केदारले । उक्त कुराको बेलैमा जानकारी गराउदापनी इन्जिनियरले कुनै कारबाही गरेनन ।

    “सम्रिद्ध नेपाल सुखी नेपाली को मिठो सपना बुनेर सत्तासिन कम्युनिस्ट सरकार कतै निरोले बासुरी बजाएर बसे जसरी त अलमलिएको त छैन ! स्थानियको आसन्का छ । सम्बन्धित निकायको ध्यान बेलैमा पुगोस । यो कुनै ब्यक्तिको ब्यक्तिगत सम्पत्ति हैन । राज्यको लगानी रहेको राज्यकै सम्पत्ति हो । पुनर्निर्माणाको नाममा यसको बिनाश हुनबाट यसलाई जोगाऔ । यसको पुरानो आकृति र कलाकृती नमारौ ।

    यस्तो थियो

     

    यस्तो भयो

    a

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार