२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नारायणघाट-मुग्लीन सडक दिउंसो नचल्ने


८३१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • भरतपुर — नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आव्हान गरेको छ। सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुंगामा रोकिनेछन्।

    यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ। एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार