२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँगे्रस वैठकमा ६ एजेण्डाका


२७४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की

    काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठकमा छलफलका लागि ६ एजेन्डा तय गरिएको छ । पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि विषय तय गरेको हो ।

    भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको आधिकारिक धारणा तय गर्ने एजेन्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे देखि बसेको बैठकमा पार्टीका विभागहरु गठन, भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा देखिएको विवाद समाधानका सन्दर्भमा छलफल गर्ने एजेन्डा तय भएको प्रवक्ता शर्माले जानकारी दिए।

    नेविसंघ गत माघ २८ देखि नेतृत्वविहीन छ। तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महामन्त्री भूपेन्द्रजंग शाहीले एकले अर्कालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन्। २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन बैठकमा पेस हुनेछ। अन्य पार्टीबाट प्रवेश गरेका र नेपाल लोकतान्त्रिक फोरमका पार्टी समिति र क्रियाशील सदस्यता समायोजनका लागि उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वमा समिति बनेको थियो।

    त्यस्तै बैठकमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको ६ भ्रातृ संस्थाको विधान पेस गर्ने एजेन्डा तय भएको छ।

    समितिले दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान केन्द्रीय समितिमा पेस गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार