२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

वनभोज हिंडेको बस दुर्घटना, २२ जना घाइते


२१६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २७ मंसिर, काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

    ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

    २२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको उनले बताए । २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए । प्रधानका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार