२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटना हुंदा ३७ घाईते


२४५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  •  चितवन । चितवनका विभिन्न स्थानमा शुक्रबार भएका सवारी दुर्घटनामा ३७ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    पूर्वी चितवनको राप्ती नगरपालिका-६ हर्दीमा वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई पल्टिंदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको भरतपुरमा उपचार भइरहेको छ .यस्तै इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा काठमाण्डौंबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १५७९ नम्वरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भरतपुर महानगरपालिका-१८ बस्ने बर्ष २० की रजनी कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अन्यको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।इच्छाकामना गाउँपालिकाको सोही ठाँउमा बिहान दुई म्याजिक र दुई स्कारपियो एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    फिस्लिङबाट मुग्लिङतर्फ आउँदै गरेको ना १ज ८३२८ नम्बरको म्याजिक, विपरित दिशाबाट जाँदै गरेको बा २१ च ३०३९ को स्कारपियो, बा ६ च ८३४५ नंम्बरको अर्को स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवनमा बिहानैबाट पानी परिरहेकोले दुर्घटनाका घटना बढेको ट्राफिक प्रहरी कार्यालय चितवनले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार