काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई प्याड वितरण गर्ने सरकारको योजना ०७६–०७७ को जेठ १५ को बजेट भाषणबाट नै सार्वजनिक गर्यो ।
तर आ.व. सुरु भएको ५ महिना पुगिसक्दासम्म पनि प्याड वितरणको कार्यक्रम सुरु हुन सकेको छैन । प्याड वितरणको कार्यक्रम भदौमा सुरु गर्ने भनियो तर भदौमा पनि हुन सकेन । असोजमा पनि यही कुरा दोहोरियो, कात्तिक महिनाको १५ गते कार्यक्रम आयोजना गरेर सुरु गरिने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस