२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते


३११५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २८, शनिबार मा प्रकाशित ४ साल अघि
  • २८ मंसिर, कावासोती । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

    अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना सवार थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार