२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा प्याराफिट सहितको खेल मैदान बन्छ-बाँस्कोटा


३०७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २८, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभे्र पलाञ्चोक । सूचना तथा सञ्चान प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खेलकुदको क्षेत्रलाई माथि उठाउन खेल मैदानको लागि सकारात्मक सहयोग गर्ने बताउनु भयो ।

    आज काभे्रको पाँचखाल नगरपालिका वडा नं ६ स्थित पे्रम धर्म खेलमैदानमा भएको प्रथम सहिद स्मारक खेलको उद्धाटन गर्दै मन्त्री बास्कोटाले उक्त धारणा राख्नुभएको हो ।१३ औं दक्षिण एशीयाली खेलकुद (साग) मा ५१ स्थानमा उत्कृष्ट हुदै नेपालको नाम उच्च राख्न सकेकोमा खुसिव्यक्त गर्नुभयो ।

    देशकै नाम उच्च राख्ने खेलाडिहरुको लागि खेल मैदानको आवश्यक हुने भएकोले पाँचखालमा रहेको चार खेल मैदान मध्य एक खेल मैदानलाई पुर्ण रुपमा व्यवस्थित गर्ने र अरु तीन खेलमैदानको पनि व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो । प्याराफिट सहितको एक खेल मैदान पाँचखालमा बनाउने बिषयमा खेलाडीहरुलाई ढुक्क रहन भन्नुभयो । “धेरैतिर छरीनु भन्दा पाँचखालमा एक गतिलो खेल मैदान चाहिन्छ, अरुचाही हिले धुले भएपनि चल्दै गर्छ” “यो पे्रम धर्म खेलमैदाको संभावना रहेको छ, एउटा चाही निश्चित बन्छ” मन्त्री बाँस्कोटाले भन्नुभयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले “पाँचखालमा मदन भण्डारी विश्वविद्यालय बन्दै छ, त्यहाँ गजवको स्टेडिएमको पनि प्रस्ताव छ, तर हतार गरेरे हुंदैन निर्माण गर्नको लागि समय लाग्छ” । पाँचखाल वडा नं ६ मा कुलोको अभावको कुरो आयो, यो खेल भन्दा पनि महत्वपुर्ण छ, आगामी बर्ष कुनैपनि हालतमा बन्छ, पक्का भयो । “मैले वडा अध्यक्ष राम शरण दुलालसंग बुझे, ५० लाख भए बन्छ भन्नुभयो सो रकम कतैवाट जुटाउंछु, तपाईहरु ढुक्क रहनुहोस” उहाँले ठोकुवा गर्नुभयो ।

    पाँचखालमा रहेको जागरुक युवा क्लबको आयोजनामा भएको प्रथम सहिद स्मारक कप आज (मंसिर २८) सुरु भई पुष ५ गते सम्म संञ्चालन हुने भएको छ । खेलमा बिभिन्न जिल्लाबाट १० टिम सहभागि भएका छन् । खेललाई निस्पक्ष ढंगबाट सञ्चालन गर्ने उद्देश्यले आयोजकले खेलमा सहभागि भएका छैनन् । खेललाई सहज ढंगबाट सम्पन्न गर्नको लागि प्रायोजकमा पे्रम धर्म वचत तथा ऋण संहकारी संस्थाले भुमिका निर्वाह गरेको छ भने सह—प्रायोजक मा लामा आल्मोनियम र बिशेष सहयोगी संस्थाको रुपमा पाँचखाल युनाईटेड फुटबल रहेको छ । खेलमा प्रथम हुनेले ट्रफि मेडल सहित नगद १ लाख र द्वितिय हुनेले ट्रफि मेडल सहित नगद ५० हजार पाउने छन् ।

    क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले पाँचखालमा रहेका सहिदहरुको सम्झनामा निर्मित खेल मैदानलाई थप व्यवस्थित गर्ने बिषयमा मन्त्रि बाँस्कोटालाई अनुरोध गर्दै त्यसको लागि वडाको तर्फबाट समेत सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

    समाजसेवि भोजराज पन्त द्वारा संञ्चालित उक्त कार्यक्रममा क्लवका प्रतिनिधि गोकुल गुरागाईले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पुर्व सभासद तेजबहादुर मिजार, पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, नेकपाका युवा नेता कंञ्चन अधिकारी, आईत सिं तामाङ, मणिराम गौतम, विष्णु पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार