२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

लामोसाँघुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या१३ पुग्यो


३२७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक — जिल्लामा आइतबार बिहान बस दुर्घटना भएको छ । कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो । 

    घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १३ शव भेटिएको बताए । ‘अहिलेसम्म १३ वटा शव भेटिएको छ,अरु खोजी कार्य भइरहेको छ,’ घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले नवशंकेत अनलाईनलाई जानकारी गराए । प्रहरीका अनुसार ४० यात्रु सवार बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । घटनामा स्थानीय, प्रहरीले उद्धार कार्य सुरु गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार