२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोक घटनामा १२ को सनाखत २ को हुन बाँकी


२८४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक — दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनाका १४ मृतकमध्ये १२ जनाको सनाखत भएको छ ।

    सनाखत हुनेहरुमा जुगल गाउँपालिका–७ की ३७ वर्षीया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ वर्षीया लक्ष्मी श्रेष्ठ छन्। रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षिया महेश तामाङ , काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का ४५ वर्षीय रामशरण खत्रीसहित उनकै श्रीमती ३५ वर्षीया मैया खत्री छन्। लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ की ३० वर्षीया रेश्मा तामाङसहित उनकै १५ महिने छोरी रोशनी तामाङ छन्। त्यसैगरी बलेफी गाउँपालिका–७ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र शैलुंगेश्वर गाउँपालिका–६ का १० वर्षीय रञ्जित बस्नेत रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार