२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मंसिरमा सडक दुर्घटनामा २ सय ३० ले ज्यान गुमाए


६१२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए । प्रहरीका अनुसार पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परेर देशभर २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् । 

    मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए ।
    दुर्घटनामा परी यो महिना घाइते हुनेको संख्या मात्रै १ हजार ४ सय २६ छ । साउनदेखि शनिबारसम्म ७ हजार ५ सय ५ दुर्घटना भएकामा १ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । यसमा पुरुष ७ सय ४४, महिला १ सय ९०, बालक ६० र बालिका ३७ जना छन् । घाइते हुनेको संख्या भने ७ हजार ९ सय ६१ जना पुगेको छ ।
    पछिल्लो पाँच महिनामा १ हजार ३० सर्वसाधारणले ज्यान गुमाउँदा सरकारले एउटा पनि छानबिन समिति गठन गरेको छैन ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार