२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हिरासतबाटै विवाह ,प्रहरी जन्ती


२६६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १, मंगलबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए ।

    जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परे । उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ । कमल अबेरसम्म घर नआएपछि खोजी सुरु भयो । त्यसक्रममा घर परिवारका सदस्यले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको सूचना पाए । भोलि विहान बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानु पर्ने बेहुला आफैं प्रहरी हिरासतमा परेपछि पर्‍यो फसाद ।

    बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् ।आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।

    बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

    उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ ।धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार