२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रतिष्ठाले घाँसिलाई निःशुल्क क्यान


२७३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखालमा रहेको प्रतिष्ठा कृषि सहकारी संस्थाले आफ्नो दुग्ध संकलन केन्द्रहरुमा घाँसिहरुलाई निःशुल्क क्यान वितरण गरेको छ ।

    विगत लामो समयदेखि कृषकहरुको हितको खातिर प्राथमिकता दिदै आएको उक्त सहकारी संस्थाले पछिल्लो समयमा आएर दुग्ध संकलन गर्ने कार्य समेत गर्दै आएको छ । पाँचखालमा रहेका कृषकहरुलाई सेवा सुबिधा दिने उद्देश्यले संञ्चालन भएको सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुको हितका कार्य गर्ने उद्देश्यले संकलन केन्द्रहरुको व्यवस्था गरेको सहकारीका अध्यक्ष ज्ञानवहादुर थापाले बताउनु भयो ।

    अध्यक्ष थापाका अनुसार कृषि गर्ने कृषकहरुका लागि सरलमा लगानी गर्ने, रासायनिक मलको व्यवस्था, उन्नत जातको वोकाहरु वितरण, माटो परिक्षण गर्ने कार्य साथै चुन उपलब्ध गराउने कार्य गर्दै आएका छौं ।

    कृषकहरुले उत्पादन गरेको दुधको उचित मुल्य साथै निश्चित समयमा भुक्तानि गर्ने उद्देश्यले चार ठाउंमा दुग्ध संकलन केन्द्र स्थापना गरेको हौं, अध्यक्ष थापाले भन्नुभयो । उहाँले थप्नुभयो हालैमात्र पाँचखाल वडा नं ६ तिनपिप्लेमा स्थापना गरेको दुग्ध संकलन केन्द्रमा १२ लिटर क्षमताको ५१ थान क्यान निःशुल्क वितरन गरियो । सवै संकलन केन्द्रमा प्रत्तेक १५÷१५ दिनमा भुक्तानी दिने साथै सुलभ मुल्यमा दाना ढुटो समेत उपलब्ध गराउंदै आएको अध्यक्ष थापाले वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार