२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पेप्सीले ६४ करोड राजश्व छल्यो


३३३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

    राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ। वरुण वेभरजे चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो। सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५ प्रतिशत आय कर गरी कूल ३८ रुपैयाँ कर छली हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार