२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

टियुमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित


३२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको छ ।

    ७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार दीक्षित भएका छन्।तर,समारोहमा १० हजार १८३ जना विद्यार्थीमात्र सहभागी भएका थिए। कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्ररेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई दीक्षित प्रमाणपत्र प्रदान गरेका थिए।

    उत्त समारोहमा पीएचडीका ८५ र एमफिलका ४० दीक्षित भए। त्यस्तै स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, मानविकीमा २ हजार ९१, इन्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३, कानुनमा १ सय ८०, चिकित्सामा ८सय ६४, व्यवस्थापनमा ३ हजार ७ सय तिन र विज्ञानमा १ हजार ९८ विद्यार्थी दीक्षित भएका हुन्।

    दीक्षान्त समारोहमा सम्पूर्ण विद्यार्थीहरु उत्साहित देखिन्थे। समारोहमा उपस्थित विद्यार्थी बालकृष्ण अधिकारीले भने,‘ कक्षाकोठामा धेरै पढियो तर अझ पढ्न बाँकी धेरै छन् भन्ने लागिरहेको छ।’ त्यस्तै स्वर्ण पदक विजेता मिरा ज्ञवाली पनि आफू ठुलो भीडमा सम्मानीत भएकोमा धेरै नै खुसी रहेको बताउँछिन्।अभिभावक तारा पौडेल भन्छिन्, ‘एकदमै खुसी छु, हजारौेको भिडमा आफ्नो छोरा पनि दीक्षित भएको देख्दा एकदमै खुसी लागेको छ।’

    यस समारोहमा कालो गाउन र कालो टोपी लगाउने विद्यार्थीका साथै उनीहरुका अभिभावक पनि देखिन्थे। गत बर्ष ६ हजार ३१९ अभिभावकले दीक्षान्त समारोहमा सहभागी थिए भने अहिले भने त्यो संख्या बढेर लगभग सात हजार पुगेको छ। १० हजार विद्यार्थी र अभिभावक तथा अन्य मानिसहरुको ठूलो भीड रहेको उत्त समारोहका बीच यो कार्यक्रम सम्पन्न भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार