२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रेस सङ्गठन संङ्गठन काठमाडौको नेतृत्वमा पन्त


२८०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन भएका छन् ।

    सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका प्रदेश सहसंयोजक प्रकाश सिलवालको आतिथ्यतामा बसेको बैठकले ४१ सदस्यीय कमिटीको टुङ्गो लगाएको हो ।

    नवगठित समितिको सदस्यमा चन्द्रजित मोक्तान, अभिषेक अर्याल, सुमन अधिकारी, प्रेम नेपाल, गोकुल रत्न, नुरराज कँडेल, मीनबहादुर चलाउने, घनश्याम दाहाल (जोन), प्रदीप घिमिरे, बद्री न्यौपाने, सूर्यकुमार खडका, शङ्कर तिमिल्सिना, मीनाकुमारी यादव, दीपेन्द्र श्रेष्ठ, मनोज पराजुली, मोहनकृष्ण अधिकारी, दीपाएवाइ राई, रामेश्वर ढकाल, रमेश लामिछाने, पवित्रा मुडवरी रहेका छन् ।

    यस्तै अर्जुन दाहाल, कमल राना, जिपी पौडेल, अमिर लामा, सुविन्द्र श्रेष्ठ, गङ्गा चौलागाइैं, सुशील पुरी, राजाराम न्यौपाने, उषा बजगाईँ, नवीन पोखरेल, सुभाष कुँवर, दीपक भुसाल, सरोज लामिछाने, अनिता श्रेष्ठ, विक्रम न्यौपाने, राजु सुवेदी, तीर्थमान वल, रामचन्द्र कार्की, सुनिल शाह सदस्यमा चयन भएका छन्।

    शेर्पा सङ्घको केन्द्रीय अध्यक्षका लागि ङवाङ सोनाम शेर्पाले उम्मेदवारी घोषण गरेका छन्। शुक्रबारदेखि शुरु हुन लागिरहेको छैटौँ महाधिवेशनका लागि हालका महासचिव उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    आज पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरे । उनले काँग्रेस र सङ्घीय समाजवादी पार्टी निकटका दुई जनाले अध्यक्षका लागि उम्मेदवारी दिए पनि आफू स्वतन्त्र उम्मेदवार रहेको बताए । उनले शेर्पा समुदाय सङ्ख्यात्मकरूपमा थोरै रहे पनि यो समुदायले पर्यटन व्यवसाय र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

    “पर्यटन वर्ष सफल पार्न हाम्रो समुदायले अहम् भूमिका खेल्दैछ”, उनले भने, “देश विकासमा योगदान पु¥याउन कहिल्यै पछि पर्ने छैनौँ ।” सङ्घका सल्लाहकार निमोतेनडुप शेर्पाले व्यावसायिक क्षेत्रमा शेर्पा समुदाय अघि रहे पनि, न्याय, प्रशासन र सुरक्षा निकायमा पछि पर्नुपरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार