२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डेढ महिनाको बालकलाई चार वटा खोप-उपचारको लागी लादै गर्दा बाटैमा मृत्यु


३०४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • इलाम । इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।

    एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।

    आकस्मिक घटना घटेको र यस घटनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहिवार उक्त बिषयमा छलफल गरि घटनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए। स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार