२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ,बाँस्कोटा


३९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रेेे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विध्यालयकाे गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग करार सम्झाैता गर्नुपर्ने बताउनुभएकाे छ ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित एकदिने प्राध्यापक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्काेटाले प्रधानमन्त्रीले र मन्त्री ले सचिवहरुसँग करार सम्झाैता गरेझैं शिक्षाकाे गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग सम्बन्धित माथिल्लाे निकायले करार सम्झाैता गर्नुपर्ने बताउनुभएकाे हाे । कार्यक्रममा उहाँले भन्नुभयाे – “अब प्रधानाध्यापकसँग ‘करार सम्झौता’ हुनुपर्छ, रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ, यसो भयो भने गुणस्तरीयतामा ढुक्क बन्न सकिन्छ ।”

    कार्यक्रममा मन्त्री बाँस्काेटाले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने समेत बताउनुभएकाे छ । “पाँच वर्षभित्र गरीबीलाई १३ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” उहाँले भन्नेनुभयाे । नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उहाँको धारणा थियो । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने बताउनुभयाे ।

    “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उहाँले भन्नुभयाे । भारतसँग  रु १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक रु एक खर्बको निर्यात हुन सफल हुने मन्त्री बाँस्काेटाकाे भनाई थियाे ।

    मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दु:ख व्यक्त गर्नुभयाे । “उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।” मन्त्री बाँस्कोटाकाे भनाई थियाेे ।

    सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेका बताउँदै गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतासमेत उहाँले औँल्याउनुभयाे ।

    मन्त्री बाँस्कोटाले सामुदायिक र निजी शिक्षा एउटै हुनुपर्ने बताउँदै भन्ननुभयाे, “उत्पादित जनशक्तिबीच शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु हुँदैन, एउटै जनशक्तिलाई प्रतिस्पर्धात्मक भने बनाउनुपर्छ ।”,शैक्षिक संस्थाबाट उच्च प्रशासक, असल कृषक, नेता, चिकित्सक, इञ्जिनीयरलगायत जनशक्ति जन्मने भएकाले विद्यालयको शिक्षा गुणस्तरीय हुनु आवश्यक रहेको उहाँले बताउनुभयाे ।

    मन्त्री बाँस्कोटाले शिक्षकले कर्तव्य र जिम्मेवारी पूरा नगर्दा ‘भ्रष्टाचार’ हुने बताउनुुभयाे । आर्थिक, सामाजिक, भौतिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा शैक्षिक अवस्था कहाँ पुग्यो भनेर त्यसको अध्ययनबाट शिक्षामा थप सुधार गर्न सकिने उहाँँकाे भनाई थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार