२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिद्धारा निशुल्क दाउरा


२३६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ५, शनिबार मा प्रकाशित ४ साल अघि
  •  पौष ५ गते विजयनगर तराईका जिल्लामा एक्कासी बढेको जाडोले जनजिवन प्रभाबित भएको छ । तराईमा अत्याधिक जाडो बढेपछि गरिब तथा निमुखा जनतालाई निकै कष्ट परेको छ ।

    तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति विजयनगर (६ उज्जलपुरबाट जाडो तथा शीतलहरको प्रभावबाट बचाउनका लागि गौतमबुद्ध साझेदारी वन क्षेत्र भित्र पर्ने सवै वडा कार्यालय, चोक,चौराहा तथा निमुखा तथा सीमान्तकृत समुदायको बस्ती भएको ठांउमा समेत दाउरा वितरण गरेको छ ।

    बन व्यवस्थापन समितिको निर्णय अनुसार ठांउ ठांउमा दाउरा वितरण गरेको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष्य जानकी प्रसाद यादवले बताउनु भएको छ । दाउरा वितरण गरेपछि चोक चोकमा आगो ताप्नेको संख्या बढेको छ । यात्रा गर्नेहरुलाई पनि आगो ताप्न सहज भएको बताएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार