२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको भिडन्त जनप्रतीनिधिसंग


२८६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ५, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखालमा रहेका नेकपाका नेता तथा कार्यकर्ता र पाँचखाल नगरका जनप्रतीनिधिबिच मैत्रिपुर्ण फुटबल खेलमा जिभडन्त भएको छ । सहिदको नाममा निर्माण भएको पे्रम धर्म खेल मैदानमा शनिबार उक्त खेलको आयोजना भएको हो ।

    खेलमा जनप्रतीनिधिको तर्फबाट पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल लगायत विभिन्न वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

    त्येसैगरी नेकपाको तर्फबाट कञ्चन अधिकारी, मणिराज गौतम, बिष्णुहरी पौडेल, रमेश पौडेल, मछिन्द्र श्रेष्ठ, बरुण ढुंगाना, रामगोपाल भुजेल, गणेश दनुवार लगायतको नेता तथा कार्यकर्ता सहभागि रहेका थिए । पुर्ण प्रतिस्पर्धाका साथमा खेल हुँदा निर्धारित समय सम्म दुवै तर्फबाट गोल हुन नसकेपछि पेनाल्टि खेल खेलिएको थियो ।

    सो खेलमा जनप्रतीनिधिहरुले ५ र नेकपाले ४ गोल गरेका थिए । सोही खेलमा नेकपाका खेलाडि मणिराज गौतम लड्दा घाईते हुनुभएकोले खेलको बिचैवाट वाहिरिएर उपचारको लागि जानुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार