२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अत्याधिक चिसो भएपछि वीद्यालय बन्द


३५२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ५, शनिबार मा प्रकाशित ४ साल अघि
  • सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केहि दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सदरमुकाम राजविराजले पुस ६ गते आईतबारदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक क्यालेण्डरमा जाडो विदा प्रयोजनका लागि छुट्टयाइएको ६ दिन विदामध्ये हाललाई तीन दिने विदा दिने निर्णय गरिएको नगर प्रमुख शम्भु यादवले बताए । चिसो निरन्तर रहेमा पुस ८ गते हुने नियमित प्रअ बैठकमा छलफल गरी निर्णय गरिने उनले बताए ।

    यसअघि सप्तकोशी नगरपालिकाकाले पाँच दिनका लागि नगरभित्रका विद्यालयहरुमा पाँच दिनका लागि विदा दिइसकेको छ । बिहीबारदेखि नै सप्तकोशी नगरपालिकाको शिक्षा समितिले पाँच दिनका लागि विद्यालयमा विदा दिएको छ । यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाले जाडोका कारण बिहीबार र शुक्रबार विद्यालयहरुमा विदा दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार