२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउंपालिका अध्यक्ष शाहीको सकुशल उद्धार


२९६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ७, सोमबार मा प्रकाशित ४ साल अघि
  • दैलेख । नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दार गरेको छ ।

    शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेको थियो ।

    उनीहरुले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शाहीलाई लैजान दिइनन् । लैजाने नै हो भने आफू पनि सँगै जाने बताइन् । दुबै जनालाई लिएर गएको समूहले करिब दुई घन्टा पैदल हिँडेपछि इलालाई जंगलमा छाड्यो ।

    छुटेपछि उनले  गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढा उनलाई उनले खबर गरिन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराए । इलाले आफ्ना श्रीमानलाई लिएर हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएकी थिइन् । त्यही सूचनाअनुसार शाहीको खोजीमा प्रहरीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटियो ।

    विप्लव समूहले अपहरण गरेको हुनसक्ने अशंकामा सम्भावित क्षेत्रलाई लक्षित गरेर अपरेशन चलाएको थियो । वडा नं. २ का वडाध्यक्ष रुपालाल विश्वकर्माको टोलीले पनि दैलेख र कालिकोटको सीमा क्षेत्रमा खोजी तीव्र बनाएको थियो ।

    साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पुर्‍याएका थिए । संयोगवस् विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा एक महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार