२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सडक छेउका घरमा डोजर चलाईयो


२७८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ७, सोमबार मा प्रकाशित ४ साल अघि
  • ७ पुस, काठमाडौं । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् ।

    शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको शंखरापुर नगरपालिका १ का वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए ।

    ६ बर्षअघि नै मुआब्जा बुझे पनि स्थानीयले यो ठाउँ खाली गरेका थिएनन् । ‘हामीले पटकपटक पसल, टहरो भत्काउन अनुरोध गर्दा पनि नभत्काएपछि ती पसल, घरका पेटी भत्काइएको हो’, उनले भने ‘उनीहरु त्यहाँ जबरजस्ती बसिरहेका थिए ।’

    सोमबार नाङ्लेभारे बजारमा ६ वटा घरका पेटी भत्काइएको छ । वडाअध्यक्ष ढुंगानाका अनुसार सडक १० मिटर फराकिलो पार्नको लागि ६ वर्षअघि नै स्थानीयको जग्गाको मुआब्जा वितरण गरिएको थियो । अहिले सडक विस्तार गर्ने क्रममा मुआब्जा वितरण भइसकेको जग्गा खाली गराइएको हो ।

    नाङ्लेभारे चौकीदेखि नाङ्लेभारे बजारसम्मको सडक १० मिटर फराकिलो बनाएर ढलान गर्ने तयारी भएको वडाध्यक्ष ढुंगानाले बताए । यो सडकको लम्बाइ करिब १७ सय मिटर रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार