२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीको सर्च अपरेशन, ९९ जना पक्राउ


२७७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ७, सोमबार मा प्रकाशित ४ साल अघि
  • ७ मंसिर, काठमाडौं । चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ ।

    उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।’

    उनका अनुसार प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ । त्यसको वैज्ञानिक परीक्षण हुन बाँकी छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतको विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार