२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक कर्मचारीको दुई नागरिक्ता


२८३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ७, सोमबार मा प्रकाशित ४ साल अघि
  • ७ पुस, पोखरा । पोखरा महानगरमा एउटै कर्मचारीले २ थरी प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएको छ । महानगर सेवाबाट अवकास तथा बढुवा गर्ने क्रममा १० भन्दा बढी कर्मचारीको फरकफरक शैक्षिक प्रमाणपत्र र नागरिकता भेटिएको हो ।

    फरकफरक प्रमाणपत्र भेटिएपछि कोही कारबाहीमा परेका छन् भने कोही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । २ वटा नागरिकता हुनेमा सहायक एकबहादुर बस्नेत, वसन्तप्रसाद चालिसे छन् । बस्नेतको पहिलो नागरिकतामा जन्ममिति २०१७ असार ३२ गते छ । तर, उनले पछिल्लोपटक महानगरमा पेस गरेको नागरिकतामा २०१८ मंसिर ३१ गते उल्लेख गरिएको छ ।

    कर्मचारी ऐन अन्तर्गत दोहोरो कागजपत्र भएमा अघिल्लो प्रमाणपत्रलाई स्वीकृत गरिन्छ । बस्नेतको अघिल्लो नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने उनले गत वर्ष नै अवकाश पाइसक्नुपर्ने थियो । तर, पछिल्लो नागरिकतामा कायम भएको मितिले उनले १ वर्ष ४ महिना बढी महानगरबाट तलब बुझेका छन् ।

    दोहोरो जन्ममिति र नागरिकता हुने अर्का कर्मचारी वसन्तप्रसाद चालिसे छन् । उनी महानगरमा वरिष्ठ नगर प्रहरी निरीक्षकका रुपमा कार्यरत थिए । उनको पहिलो नागरिकतामा जन्म मिति २०१७ फागुन ५ गते उल्लेख छ ।

    तर, उनले पछिल्लोपटक महानगरमा पेस गरेको कागजातमा जन्म मिति २०१९ चैत २७ गते छ । उनको अघिल्लो प्रमाणपत्रको जन्म मितिलाई आधार मान्ने हो भने सेवा निवृत्त भइसकेपछि पनि ९ महिना बढी महानगरबाट सेवा, सुविधा लिइसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार