२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समाजबादी पार्टी सरकारबाट बाहीरीयो


३५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ९, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । उसका दुई मध्य उपेन्द्र यादव र मो. इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए ।

    त्यसको भोलिपल्ट मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र यादवबीच कुराकानी भएको थियो भने उपलब्ध पदाधिकारीको बैठक बसेको थियो ।
    लगतै संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गर्‍यो र दुबै मन्त्रीले राजीनामा बुझाए ।

    प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको भन्दै भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधान एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार