२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

प्रहरी प्रमुखको चिन भ्रमणलाई सरकाले दिएन अनुमती


२०२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकार गरेको हो । यद्यपि गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको भ्रमण भने बैठकले अनुमोदन गरेको छ ।

    आईजीपी खनालको ठाउँमा प्रहरीका एक प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई पठाउने निर्णय भएको छ। गृहमन्त्रीसँग थापा हुने भनिएको आईजीपी खनालको भ्रमण किन रद्द गरियो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय स्रोतले खुलाउन चाहेन। गृहमन्त्रालयले भने मन्त्री थापासँगै आईजीपी खनालको नाम पनि पठाएको थियो।

    यसअघि आईजीपी खनालको अमेरिका र भारतको १/ १ वटा भ्रमण कार्यक्रम सरकारले रोकेको थियो। यसैबीच एकै पटक १ सय २२ चिनियाँ नागरिक पक्राउको केही समयलगत्तै गृहमन्त्री थापासहितको उच्चस्तरीय सुरक्षा टोलीको भ्रमणको अर्थपूर्ण रुपमा हेरिएको छ। थापा चीनका आन्तरिक सुरक्षा मामिला सम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार