२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रेमीसंग मिलेर आमाको हत्या गर्ने निर्दयि छोरी लाई जन्म कैद


२६७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ११, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहितका चार जनालाई जन्मकैदको फैसला गरेको छ ।

    बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए। चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।

    सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन्। प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाई पक्राउ गरेको थियो।

    ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्रायक्ट किलर भाडामा प्रयोग गरेकी थिइन्। छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गराएको हो।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार