२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेसको महाधिवेशन फागुनमा


२२९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १२, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

    ‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’ उपाध्यायले इकान्तिपुरसित भनिन, ‘बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णयसमेत गरेको छ।’ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।

    १३ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ। पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने उल्लेख छ। उपाध्यायका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने निर्णय गरेको छ। उपाध्यायले विभागको संख्या अझै थपिने बताइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार