२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

फेसबुकमा चिनजान गरि २२ वर्षीय युवतीको पहिलो भेटमै हत्या


२०८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १४, सोमबार मा प्रकाशित ४ साल अघि
  • एजेन्सी । एकै पटक दुई जनाको हत्या गर्ने बडीबिल्डरलाई जुगारतबाट पुलिसले पक्राउ परेका छन् । उनि हुन् २७ बर्षीय  राष्ट्रिय बडीबिल्डर च्याम्पियनसिप बिजेता हेमन्त लाम्बा।

    नन्दरामपुर बास रोड धारुहेडा हरियाणास्थित दिल्लीकी एक युवतीको ह’त्या गरि रोडको छेउमा फ्याकेका थिए। राजास्थानका युवती आफन्तकोमा दिल्लीमा बस्दै आएकी थिइन्। अनुसन्धानमा सार्वजनिक भएअनुसार लाम्बा ति युवतीसंग ३ महिना देखि फेसबुक मर्फर्ट चिनजान भएर कुराकानी गर्दथे । चिनजानपछि भेट्ने सल्लाह गरे र डिसेम्बर ६ का दिन भेट्ने मिति तय गरे । जसनुसार लाम्बाले कारमा ति युवतीलाई घुमाउन गुरुग्राम लागे ।

     

    रातको समयमा हेमन्तले धेरै रक्सि सेवन गरेका थिए । जब ति युवतीले विवाहको प्रस्ताव राखे हेमन्त रिसले आगो हुदै गोलि हानि हत्या गरिदिए । उनले युवतीको फोनबाट ट्याक्सी बुक गरेको र पक्राउ पर्ने डरले डिसेम्बर ७ तारिखमा ड्राइभरको पनि हत्या गरे । जुन कपडाले आरोपीले रगत पुछेका थिए पुलिसले उक्त कपडा ड्राइभर देवेन्द्र सिंहको कारबाट बरामद गरेको छ ।

    सूरतबाट १० डिसेम्बरमा पक्राउ गरेपछि उनलाई हरियाणा पुलिसलाई सुम्पिइएको थियो । बिहिबार जयपुर पुलिसले उनलाई हिरासतमा लिएको छ । घटनाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारीले  भने, सोधपुछको क्रममा आफु नशामा रहेको बेला युवतीले विवाहको कुरा गरेपछि गोलि हानि हत्या गरेको बयान दिएका छन् ।

     

    मृतक २२ वर्षीया दिप्ती गोयलको हत्या गरेपछि हेमन्तले युवतीको मोबाइलबाट दिल्लीबाट जयपुरका लागि ट्याक्सी भाडामा लिएका थिए । त्यसपछि जयपुर पुगेपछि उनले ट्याक्सी ड्राइभरको पनि हत्या गरेका थिए । जब उनी सूरतमा ट्याक्सी बेच्नका लागि हतारिएका थिए तब कार डिलरले शंका लागेपछि स्थानीय पुलिसलाई जानकारी दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार