२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय


२२१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १४, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडालाई बनाउने सहमति जुटाएको छ । तर पार्टीको निर्णयप्रति नेकपा प्रदेश सदस्यहरुले नै असन्तुष्टि जनाएका छन् ।

    आइतबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

    प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरुबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती गरी तीन विकल्प थियो भने राजधानी लागि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा सहमति हुन सकेको थिएन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले नेकपा सचिवालयको निर्णयअनुसार नै प्रदेशको नाम र राजधानी तोकिने लगभग पक्का भएको छ ।

    तर सचिवालयको निर्णयप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । उनीहरु मध्य एक प्रदेशसभा सांसद चन्द्र लामाले प्रदेशको नाम र राजधानी प्रदेशसभाको क्षेत्राधिकार भएको बताए । उनले भने, ‘यो विषयमा पार्टीको हृवीप लगाउँदैन ।’काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

    २०७४ चैत १४ गते नेकपा संसाद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउँन प्रदेशसभा सचिवालयमा प्रस्ताव पेश गरेका थिए, जसमा काभ्रेकै प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाइ र रत्न ढकालले समर्थन थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार