२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काभ्रे जेसिसका उपाध्यक्ष चितवनमा मृत फेलापरे


२५१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १४, सोमबार मा प्रकाशित ४ साल अघि
  • चितवन । चितवनको रत्ननगरमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी हुन आएका एक युवक इनारभित्र मृत फेला परेका छन् । काभ्रे घर भएका कृष्णकुमार मानन्धर आइतबार सााझ मृत फेला परेका हुन् ।

    उनी पुस ११ गतेदेखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका मानन्धरको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए ।

    मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार