२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा रिङरोडको साथै शैक्षिक हव बन्दै-खरेल


३९२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    पाँचखाल/पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले विकास निर्माण कार्यमा काभे्रकै पहिलो पाँचखाल नगरपालिका हुने बताउनु भयो । उहाँले भन्नुभयो “पाँचखाल शैक्षिक हवको रुपमा अगाडी बढ्छ भने कृषकको खेतबारी ल्याव (प्रयोगशाला) बन्छ ।”

    तिनपिप्ले स्थित ग्रामिण महिला विकास सहकारी संस्थाको हलमा सम्पन्न आय आर्जन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मेयर खरेलले उक्त धारणा राख्नु भएको थियो । उहाँले थप्नुभयो बेल्जियममा रहेको विजिङ्ग फाउण्डेशनले नेपालमा शैक्षिक क्षेत्रको लागि १२ करोड अमेरिकि डलर लगानि गर्ने तयारी गरेको बताउनु भयो । नेपालमा लगानी गर्ने मध्य ३ करोड अमेरिकि डलर (३ अरव) काठमाडौ विश्वविद्यालय मार्फत पाँचखालमा शैक्षिक क्षेत्रमा लगानी हुने तयारी भएको खुलासा गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले पाँचखालमा शिक्षाको हव वनाउनको लागि पाँचखाल नगरपाली वडा नं २ अनैकोटमा ५ सय २५ रोपनि जग्गाको वयवस्था गरेको बताउनु भयो । सो स्थानमा काडमाडौ विश्वविद्यालय मार्फत संञ्चालन हुने विश्व विद्यालयमा एग्रोटेक, आई टि, थ्रिडि प्रिन्टिङ्ग लगाएतको कक्षा संञ्चालन हुने बताउनु भयो । उक्त स्थानमा आगामी बैशाखबाट भवन निर्माणको तयारी हुदैछ उहाँले भन्नुभयोे । त्येसैगरी पाँचखाल वडा नं १२ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने तयारी भएको बताउनु भयो । पाँचखालमा बन्ने उक्त दुई विश्वविद्यालयको कारण शिक्षाको हवको रुपमा विकास हुने ठोकुवा गर्नुभयोे ।

    कार्यक्रममा महेश खरेलले भन्नुभयो “विकास निर्माणको कार्य गर्न कुनै दल हुदैन, पाँचखालको विकासको लागि पाँचखाल बाद चाहिन्छ, हामी सोही तरीकाले अगाडी बढेका छौं ।” निर्वाचन भएको साडे दुई बर्ष भयो, यो अवधिमा पाँचखालमा निर्वाचित जनप्रतीनिधिहरुले आफु आबद्ध दलको कुनै पर्वाह नगरीे विकासको लागि पाँचखाल दलको रुपमा अगाडी बढेको बताउनु भयो । रिङरोड निर्माणको लागि ३५ करोड बजेटको व्यवस्था गरेको बताउंदै आफ्नो कार्यकालमा धेरै विकास गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँचखालमा संञ्चालनको तयारीमा रहेको सेज, बृहत खानेपानी, हरित महिला उद्योग लगाएतको कार्य सम्पन्न गरी पाँचखाल र आसपासका युवाहरुलाई रोजगारी प्रदान गर्ने बताउनु भयो ।

    कार्यक्रम मेयर खरेलले पाँचखालमा रहेका सहकारीहरुले पाँचखालको विकास निर्माणमा साथ दिदै आएकोमा खुसिव्यक्त गर्नुभयो । पाँचखालमा संञ्चालन हुन लागेको शुनकोसि बृहत खानेपानी योजनाको लागि सहकारीहरुको सहयोग अविस्मरणिय रहेको बताउनु भयो । आय आर्जन वचत तथा ऋण सहकारी संस्थाले योजना सफल गराउन दुई लाख सहयोग गरेको बताउनु भयो । पाँचखालको सवै भन्दा बढी समस्या खानेपानीको रहेकोले दिर्घकालिन रुपमा समाधानको वाटो पहिल्याएको बताउंदै योजनाको लागि टेण्डर भईसकेको बताउनु भयो ।

    आय आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विदुर घिमिरे, पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, वडा नं १० का वडा अध्यक्ष नारायण प्रसाद सापकोटा, पत्रकार महाँसंघ काभे्रका उपाध्यक्ष रमेस न्यौपाने , संञ्चारकर्मी इश्वरी राजकुमार मैनाली, ग्रामिण महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सरस्वति चिमौरिया, पाँचखाल कार्यपालिका सदस्य माईलि दनुवार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संस्थाका सचिव राजु सिग्देल बाट संञ्चालित उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष युवराज प्याकुरेलले आर्थीक प्रतिवेदन, सचिवको प्रतिवेदन राजु सिग्देल, लेखा प्रतिवेदन बैकुण्ठ प्रसाद न्यौपाने, ऋण लगानि प्रतिवेदन डोरनाथ गौतमले प्रस्तुत गर्नु भएको थियो ।
    झलकुमारी दुलालबाट स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा संस्थामा आवद्ध भएर उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गरेको थियो । जसमा उत्कृष्ट ऋणी भुवन श्रेष्ठ र सुर्य लक्ष्मी श्रेष्ठ, उत्कृष्ट बचत कर्ता भिमबहादुर तामाङ, उत्कृष्ट कर्मचारी उमा थापा, उत्कृष्ट बाल बचत कर्ता प्रकृति श्रेष्ठ, एस.इइ परिक्षमा उत्कृष्ट अंङ्क हासिल गर्ने आयुसा सापकोटा समेतलाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार