२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आगामी चुवावमा कांग्रेस जिरो हून्छ- सुजाता


२४१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पुस, बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् ।

    प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

    उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन् ।

    पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

    शशंाक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उनले भनिन्, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार