२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१९ लाख घूस सहित इन्जिनियर पक्राउ


२५३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २०, आईतबार मा प्रकाशित ४ साल अघि
  • सिरहा — सडक डिभिजन कार्यालय सिरहाका निमित्त प्रमुख विनोद साहसहित तीन इन्जिनियर १९ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले लहानबाट शुक्रबार उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो ।

    निमित्त डिभिजन प्रमुख विनोद साह कार्यालय प्रमुखको आवासबाट ३ लाख र सिरहा डिभिजनकै इन्जिनियर नवीनकुमार साह र सब–इन्जिनियर वीरेन्द्रकुमार साह कर्मचारी आवास गृहबाट १५ लाख ९६ हजार रुपैयाँ घूससहित पक्राउ परेको आयोग मुख्यालयद्वारा शनिबार राजधानीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    दुवै टोलीले रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा ठेकेदारलाई बाध्य पारी घूस लिएका थिए । तीनै जनालाई हिरासतमा लिएर भ्रष्टाचार मुद्दा दायर गर्नका लागि आवश्यक छानबिन भइरहेको आयोगले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार