२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पार्टीले कारवाही गरे जनप्रतीनिधिको पदनै जाने


३५७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • तर अब दल त्याग गर्ने वा निर्देशन नमान्ने स्थानीय जनप्रतिनिधिको पद धरापमा पर्ने भएको छ ।

    निर्वाचन आयोगले दल त्याग गरेका वडाध्यक्ष र सदस्यहरुको पद रिक्त भएको घोषणा गरिदिएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष महादेव सिंह डडालले आफू निर्वाचित भएको दल नेपाली कांग्रेस परित्याग गरेकाले उक्त पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । यससँगै स्थानीय तहका जनप्रतिनिधिलाई दलत्याग ऐन आकर्षित हुने नजिर कायम भएको छ ।

    यसअघि राजनीतिक दलसम्बन्धी ऐन र स्थानीय तह निर्वाचनसम्बन्धी ऐनमा फरक व्यवस्था भएको भन्दै स्थानीय जनप्रतिनिधिले पार्टी छाडेमा वा पार्टीले कारबाही गरेमा पद रहने वा नरहन भन्ने अन्यौल थियो । तर निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७४ अनुरुप संघ, प्रदेश र स्थानीय तह जुनसुकै जनप्रतिनिधिले पनि दल त्याग गरेमा वा सम्बन्धित दलले प्रक्रिया पूरा गरी कारवाही गरेको आधिकारिक जानकारी गराएमा पद रिक्त हुने प्रष्ट पारेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संघ र प्रदेशका जनप्रतिनिधिलाई दलीय अनुशासन लाग्ने तर स्थानीय तहका जनप्रतिनिधिलाई नलाग्ने भन्ने खालको अन्यौल कतिपयमा देखिए पनि सबै तहका जनप्रतिनिधिलाई ऐन लाग्ने बताए । उनले निर्वाचित भएको दल त्यागेमा वा दलले प्रक्रिया पूरा गरि कारवाही गरेर आयोगमा जानकारी दिएमा पद रिक्त हुने जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार