२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई बुहारी मिलेर सासुको हत्या


२६२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २२, मंगलबार मा प्रकाशित ४ साल अघि
  • गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासुको हत्या गरेका छन् । ७६ वर्षीया कौशीला बिकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । उनीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासुको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।

    पुस १७ गते गोरु फुकेको भन्दै कौशीलालाई गोठमा लिगी दाउराले हानेर बेहोस बनाई नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासु घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए ।

    गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको गत १९ गते मृत्यु भयो । मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए ।

    श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासुसँगै बस्दै आएकी थिइन् । घटना हुनेबेला मृतक कौशिलाका श्रीमान मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासुलाई गोठमा लिएर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार