२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा चोरीको विगविगि


२६२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २२, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली
    पाँचखाल/बिगत केही समय अगाडी बाट पाँचखालमा चोरीको विगविगि बड्दै गएको छ । सुरुको समयमा रातिको समयमा मौका छोपी घरभित्र पसेर सुन नगद तथा जिंन्सि सामान चोरी गर्ने गरेकोमा पछिल्लो समयमा आएर चोरीको तरिका फेरिएको छ ।

    पाँचखालको मुटु मानिने तामाघाट, पाँचखाल बजार क्षेत्रमा रहेका पसलहरु, सहकारीहरु, बैंकहरु मात्रै नभएर पार्किङ्ग गरि राखेको सवारी साधनबाट इन्धन साथै बेट्री र टायर समेत चोरी हुने गरेको थियो । चोरीको विगविगिको कारन असुरक्षीत महसुस गर्दै स्थानियको अनुरोधमा नगरपालिका मार्फत बजारमा सिसि क्यामरा जडान भएको थियो ।

    सिसि क्यामरा जडान हुँदा समेत चोरि नियन्त्रण हुन नसकेपछि पाँचखालमा रहेको सशस्त्र प्रहरीले रातिको समयमा वजार क्षेत्रमा ग्रस्तिको व्यवस्था समेत गरेको छ । सशस्त्रको वजार क्षेत्रमा गस्ति सुरु भएपछि बजारमा केही हदमा चोरी कमी भएपनि आसपासमा नयाँ तरिका अपनाई चोरी गर्ने कार्य बढ्दो छ ।

    दुई महिनाको अवधिमा पाँचखाल वडा नं ६ को पौडेलथोकमा दुई, ३८ किलोमा एक र धोत्रामा एक गरी चार स्थानमा फरक शैलिवाट चोरी भएको छ । जसमा अरनिको राजमार्ग ३८ किलो स्थित गौरि शंकर रेष्ट होममा चोरी हुंदा सिसि क्यामराको रेकर्ड बक्स, नगद र पसलमा भएको बिभिन्न सामानहरु समेत चोरी भएको प्रोपाईटर यतिराज तिमल्सिनाले जानकारी गराउनु भयो । त्यसैगरी पाँचखाल ६ पौडेलथोक निवासि प्रल्हाद पौडेलको घरमा दिउंसो घरमा कोही नभएको मौका छोप्दै घरभित्र रहेको दराज फोरी नगद ८० हजार चोरी भएको थियो ।

    पौडेलथोक निवासि जगन्नाथ पौडेलको घरमा समेत सोही तरिकाले दिउंसोको १ बजेको समयमा घरमा कोही नभएको मौका छोप्दै नगद १ लाख र १० तोला सुन चोरी भएको थियो । त्येसैगरी पाँचखाल ६ कै धोत्रामा दिनेस भनिने मानबहादुर कुवरको घरमा चोरी हुंदा नगद २० हजार र ५ तोला सुन चोरी भएको थियो । कुँवरकी श्रीमति इक कुमारी कुँवर बिहान धारामा पानी लिन गएको मौका छोप्दै घर भित्र पसि दराज फोरी चोरी भएको थियो ।

    पाँचखाल ४ समाजकल्याण चोकमा रहेको ओँ नमः शिवाय मोवाईल पसल चोरी भएको थियो । चोरीका कारण आर्थीक अवस्था कमजोर भई व्यवसाय धरापमा परेकोले पाँचखाल उद्योग बाणिज्य संघको आयोजना तथा समाजकल्यांण युवा क्लबको व्यवस्थापनमा राहत सङ्कलन गर्ने कार्य समेत भएको थियो । राहत संङ्कलनबाट संकलित रकम १ लाख ५० हजार ६ सय नगरका प्रमुख महेश खरेल, वडा अध्यक्ष सुन्दर तमाङ, शुन्दर अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, समाजकल्यांण युवा क्लबका प्रतीनिधिहरु स्थानिय समाजसेवी, बुद्धीजिविहरु समेतको उपस्थितिमा वितरण गरेको थियो ।

    यसरी फरक फरक सैलि अपनाउंदै सृंखला बद्ध तरिकाले चोरी हुने क्रम बढ्दै जाँदा समेत सम्बन्धित निकायले खासै चासो नदिंदा चोरीको क्रम बढ्दै गएको पाँचखाल वासिहरुको भनाई रहेको छ । लगातार चोरीहुँदा चोरीमा संलग्नहुनेहरुको पहिचान गरी कारवाही हुन नसक्दा चोरीमा संलग्न हुनेहरुकोे मनोबल उच्च हुंदै गएको स्थानियहरुको तर्क रहेको छ । चोरीको बारेमा प्रहरीलाई जानकारी गराउंदा हामी जसरीनि फेला पार्छौ भन्ने आश्वसन आउंछ तर हाल सम्म दर्जनौ चोरीका घटनाहरु भए तर एउटैलाई कारवाही हुन सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार