२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालको तरकारी ओमन निर्यात हुँदैछ-दुलाल


३१०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २३, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले “पाँचखाल नगर, कृषि शहर” को रुपमा अगाडी बढेको पाँचखाल नगरमा उत्पादन भएको ताजा तरकारी विदेश निर्यात हुने तयारी भएको बताउनु भयो ।

    आज (बुधबार) वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना “सुनौलो भविष्य आइ.पि.एम. कृषक पाठशाला समापन कार्यक्रमको अवसरमा अध्यक्ष दुलालले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो पाँचखालको तरकारी विदेश (ओमन) निर्यातको लागि धेरै चरणमा छलफल भइसकेको छ । दैनिकरुपमा १ हजार २ सय किलो आलु र त्यतिनै मात्रामा अन्य तरकारीहरु निर्यातको लागि छलफल भएको बताउनु भयो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि दुलालले पाँचखालको तरकारीको लागि बिदेशबाट माग हुनाको प्रमुख कारण लवग्रीन नेपाल भएको बताउनुभयो । उहाँले भन्नुभयो विगत २७ बर्ष अगाडीबाट पाँचखालको वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको लवग्रीन नेपालले पछिल्लो समयमा आएर कृषकहरुलाई आइ.पि.एम तरिकाले खेती गराउने कार्यमा निरन्तरता दिदा सहज भएको बताउनु भयोे । पाँचखालका बिभिन्न स्थानहरुमा आइ.पि.एम पाठशाला सञ्चालन गरी कृषकलाई जागरुक बनाउंदा कृषकको आम्दानि बृद्धी लागत कम हुनाको साथै स्वच्छ तरकारी उत्पादन भएको बताउनु भयो । क्रमस नगरका सवै कृषकहरुलाई आइ.पि.एम तरिकाले खेती गराउने बिषयमा नगर समेत अग्रसर रहेको बताउनुभयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिले भन्नुभयो “कृषि पेसा अव विगतको जस्तो कृषकको इच्छाले गरेर हुँदैन, अवको समयमा कृषि गर्दा कृषकहरुले हासिल गरेको शिक्षा र ज्ञानको आधारमा अगाडी बढ्दा खर्च कम आम्दानि बढी हुन्छ ।” उहाँले थप्नुभयो हामीले पाँचखालमा उत्पादन भएको सवै तरकारी आइ.पि.एम तरिकाको होस भन्ने सोचेर धेरै ठाउँमा पाठशाला संञ्चालन गरीसकेका छौं । जसबाट पाँचखालका कृषकहरु विज्ञ भईसकेको महसुस भएको छ, जसको कारण पाँचखालमा उत्पादन भएको तरकारी उपभोगको लागी गुणस्तर युक्त भएको बताउनुभयो । कृषि कर्मको लागि सवैभन्दा पहिला माटो राम्रो हुनुपर्ने भएकोले माटो परिक्षण गर्ने र माटो सुधारको लागि कृषि चुन बितरण गरेको बताउनु भयो । लवग्रीन नेपालले तालिम दिएका कृषकहरु प्राबिधिक सरह भएकोले अवका दिनमा हालसम्म तालिम पाएका कृषकहरुले प्राबिधिकको रुपमा अगाडी बढ्दै सिकेका कुराहरु पुर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनु भयो ।

    सुनौलो भविष्य आइ.पि.एम. कृषक पाठशालाका अध्यक्ष दलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगर कृषि शाखाका प्राबिधिक रामेश्वर श्रेष्ठ, समाजसेवि एवं पशु चिकित्सक भोजराज पन्त, संञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, तालिम सहजकर्ता गोविन्द पाण्डे लगायतले पाँचखालमा आइ.पि.एम तरिकाबाट खेति गर्न आवश्यक र महत्वको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    विजय कुमार थापाबाट संञ्चालन भएको उक्त समापन कार्यक्रममा अञ्जु श्रेष्ठ, प्रतिमा श्रेष्ठ, हरिबहादुर श्रेष्ठले आ—आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा लक्ष्मी नेपालले स्वागत मन्तव्य मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्न हरिवहादुर श्रेष्ठबाट (रोगकीरा संग सम्बन्धित) रचित गित प्रस्तुत हुँदा सहभागिहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए । पाँचखाल नगरपालिका वडा नं ६ को समन्वय तथा लवग्रीन जापानको सहयोगमा संञ्चालन भएको २२ हप्ते कृषक पाठशाला भाद्र २ गतेदेखि सुरुभई पौष २० सम्म चलेको थियो । सो क्रममा कृशक तरिका र आइ.पि.एम तरिकाबाट गरिएको खेतीको तुलना गर्दा कृषक तरिका भन्दा आइ.पि.एम तरिकामा झण्डै दुई गुना फाईदा भएको प्रतिवेदनमा उल्लेख भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार