२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कम्युनिष्ट, काँङ्रेसले सहयोग नगर्दा राजधानी हेटौडामा- लम्साल


३६०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल/प्रदेस सांसद लक्ष्मण लम्सालले कम्युनिष्ट र काँङ्रेसले सहयोग नगर्दा काभ्रेमा प्रदेश नं ३ को राजधानी ल्याउन नसकेको बताउनु भयो । हामी काभ्रेली प्रदेश सांसदहरुले हदै सम्मको पहल गरेउ तर सफल हुन सकेनौ । प्रदेसमा रहेका ११० जना सांसद मध्य हेटौडाको विपक्षमा वहुमत तयार हुंदा पनि परिवन्धले गर्दा सफल हुन नसकेको बताउनु भयो ।

    डोने (राईदनुवार) मैलिक हल्लेउ (माघे सक्राती) उपलक्ष्यमा आयोजित शुभकामना तथा वृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सांसद लम्सालले उक्त धारना राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लम्सालले थप्नुभयो राजधानीको बिषयलाई लिएर विभिन्न भ्रम फैलाउन काम पनि भएको छ, तर वास्तविक चुरो कुरो भनेको काभे्रमा राजधानी ल्याउने बिषयमा हामी काभ्रेली सांसदहरुले खुट्टा कमाएको होईन । हामी अन्तिम समय सम्म धेरै लडेउ तर सफल हुन नदिएको बताउनु भयो । उहाँले भन्नुभयो “हामी सफल नभएको होईन, सफल हुन नदिएको हो ।” राजधानीको बिषयमा हामी सफल नभएपनि समृद्ध काभे्र निर्मानको लागि निरन्तर रुपमा लागि रहने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि लम्सालले इतिहासलाई राम्रोसंग चिन्न नसके टोल, गाँउ, संस्कृति मात्रै होईन राष्ट्रलाई जोगाउन समेत नसक्ने हुँदा ईतिहासको राम्रो मुल्याँकन गर्दै डोनेहरुले संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भयो । नेपालको बिभिन्न १४ जिल्लामा छरिएर रहेका डोने (दनुवार) हरुले आफ्नो संस्कृती , भोसभुषाको संरक्षण गर्न एक जुट भएर अघि बड्नुपर्ने बताउनु भयो । संस्कृती जोगाउने नाउमा भड्कीलो तरिकाले पर्व मनाए जोगिने नभई लोपहुने खतरा बढ्ने भएकोले आफ्नो क्षमता अनुसार पर्व मनाउनु पर्ने बताउनु भयो । पाँचखालका डोनेका छोरा छारी पढ्ने विद्यालय भएको नाताले आजाद माध्यमिक विद्यालयलाई नमुना विद्यालय वनाउनको लागि आफुले पहल गरेको बताउंदै डोने समाजको नव निर्मित भवनको लागि सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरपालिकाको उप—मेयर लक्ष्मी दनुवारले डोने (दनुवार) हरुको पहिचान साथै संस्कृति संरक्षणको लागि नेपालका १४ जिल्लामा छरिएर रहेका डोनेहरुलाई समेटेर अगाडी बड्ने लक्ष लिएको बताउनु भयो । हामीले आफ्नो पहिचान कायम गर्न नसक्दा “दनुवार” भन्दा कुन दनुवार थारु दनुवार कि राई दनुवार भनि सोध्ने गरेको पिडा सुनाउँदै आफ्नो पहिचानको लागि संग्राहलयको व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो । उहँले थप्नुभयो डोने समाजको भवन वनाउने कार्यको सुरुवात गरेका छौं, विस्तारै हाम्रो संस्कृति, भाषा, पहिचान संरक्षणको लागि अगाडी बढ्ने बताउनु भयो ।

    आफ्नै डोने बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण डोनेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल डोने विकास समाजका अध्यक्ष राजन डोने, नेपाल डोने विकास समाजका सदस्य हरी वहादुर डोने, समाजसेवी शिमराज डोने लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो । आफ्नै डोने बचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख शत्रुधन डोनेले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको थियो ।

    सम्मानित हुनेहरुमा सार्क च्याम्पियन सिप कराते प्रतियोगितामा रजत पदक हासिल गर्न सफल चञ्चला हनुवार, कराते साहशिक व्यक्तित्व अशोक जंग दनुवार र हरिवहादुर दनुवार, कराते उत्कृष्ट व्यक्तित्वहरु गणेश दनुवार र रमेस दनुवारलाई सम्मान गरेको थियो । कार्यक्रम संञ्चालन नेपाल डोने विकास समाजका सचिव राजेश डोनेले गर्नुभएको थियो । कार्यक्रममा सिमल्टार साँस्कृतिक समुह, भिमटार साँस्कृतिक समुह, बकुलटार साँस्कृतिक समुह, पाँचखाल साँस्कृतिक समुह लगाएतले भाग लिनुभएको थियो । त्यसैगरी बिभिन्न समुह साथै व्यक्तिहरुले भाषा र संस्कृति संरक्षणको बारेमा कविता बाचन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार