२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मुलुकको समृद्धीको लागि कृषिमा आधुनिकरण-बमध्वज


२४३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले विदेशमा रहेका ४० लाख नेपाली युवाहरुलाई स्वदेश फर्काउन सके मात्र समृद्ध मुलुक निर्माण हुने बताएका छन् । दोस्रो नमोमुद्ध महोत्सव–२०७६ को आज (विहिबार) उद्घाटन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले मुलुकको समृद्धिका लागि ३ आधारहरु आवश्यकता रहेको जिकीर गर्दै आधारभूत आधारहरु निर्माण नभईकन मुलुक समृद्धि हुन नसक्ने बताए ।

    ‘समृद्धिका तीन वटा आधारहरु छन् । मुलुक समृद्धि हुनका लागि सबभन्दा बढी उत्पादन हुने सबभन्दा बढी बजारमा व्यवस्थापन गर्ने कृषि हो । कृषिमा आधुनिकरण गर्नुपर्छ । सामूहिककरण गर्ने र व्यवसायीक गर्नुपर्छ । निर्वाहमुखी कृषि छ ।’ उनले भने, ‘दोस्रो, विश्वमा हाम्रो मुलुक पानीमा दोस्रो धनी देश हो । यहाँ ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने विज्ञहरुले भनेका छन् । हाज मुलुकमा ७ सय मेगावाट विजुली छ यो अब चाँडै नै १५ सय उत्पादन हुनेछ । यसको विकास गर्न आवश्यक छ । त्यसैगरि तेस्रोमा पर्यटन विकास हो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार