२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गोष्ठीमा भागलिन अमेरिका गएकी उपप्रमुख सम्पर्क विहिन


३५९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के. मैनाली

    काठमाडौं । अमेरीका स्थित इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आईसीएमए) को निमन्त्रणामा अमेरिका पुगेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली पछिल्लो समयमा आएर सम्पर्क विहिन भएकी छिन् ।

    गोष्ठीको लागि नगरपालिका उपप्रमुख एवं नगरपालिका संघकी सदस्य समेत रहेकी नेपालीसहित तीन जना अमेरिका गएका थिए । जसमा दन्ता नेपाली, धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा गएका थिए ।

    कार्यक्रममा भागलिन छुट्टा छुट्टै विमान मार्फत अमेरीका पुगेका उनीहरु ‘अमेरिकाको होटेलमा पुगेपछि भेट भएको जानकारी प्राप्त भएको छ । नीलकण्ठका प्रमुख ढुंगानाका अनुसार होटलमा पुगेपछि हामीहरुको भेट भएको थियो । हामी मध्य दुई जना मल्टिपल भिजाबाट गएका हौँ, तर उप—प्रमुख नेपाली संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकृतिबाट गएको थियो ।

    तत्कालिन माओवादी बाट निर्वाचित नेपाली केही समय अघि सम्पर्क हुँदा आफु अस्वस्थताको कारण केही समय आराम गर्नुपर्ने भएकोले बसेको बताएको जानकारी प्राप्त भएको छ । अमेरिका गएको तीन महिना पुग्दा समेत नेपाल नफर्केपछि सम्पर्क गर्न खोज्दा नेपालीले चलाएको फेसवुक समेत सम्पर्क विहिन गराई राखेकोले समस्या परेको छ । नगरपालिकामा उप—प्रमुख नहुँदा कार्य गर्न समस्या भएकोले समस्याको समाधानको लागि पहल गर्न संम्बन्धित पक्षसंग माग गरिएको छ ।

    उप—प्रमुख नेपाली संम्पर्क हुँदा दुतावास मार्फत नेपाल आउने वातावरण बनाउने भन्दा त्यसो नगर्न भनेको स्रोतले बताएको छ । आफु निकट पार्टीलाई समेत जनाकारी नगराई अमेरिकामै लुकेर बस्दा नेपालका जनप्रतीनिधिहरु प्रति अमेरिकाले शंकाको दायरामा राख्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार