२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा वाह्य सहकारीको हस्तक्षप बढ्दै -सापकोटा


३७७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल/आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संथाका अध्यक्ष सरोज सापकोटाले पाँचखालमा नामै नसुनेको सहकारीहरु ह्वारह्वार्ती भित्रिएको बताउनु भयो ।

    सहकारी संस्थाको आयोजनामा पाँचखाल १२ आजाद मावी बालुवामा शनिवार भएको शेयर सदस्य भेटघाट तथा छलफल कार्यक्रमको अवसरमा अध्यक्ष सापकोटाले उक्त धारणा राख्नुभएको थियो । सापकोटाले भन्नुभयो “अस्तव्यस्त ढंगबाट संञ्चालन भएको बाह्य सहकारीको कारण दुर्घटना हुन सक्छ, त्यस्ता सहकरी दुर्घटना भए सवै सहकारीमा असर पर्छ।” सहकारीमा आवद्ध हुनुभन्दा अगाडी संस्थाको बारेमा राम्रोसंग बुझेर कारोबार गर्नुपर्ने सापकोटाले बताउनु भयो ।

    कार्यक्रममा अध्यक्ष सापकोटाले भन्नुभयो नामै नसुनेको अपरिचित बाह्य सहकारीहरुलाई साथ दिनु हुँदैन । स्थानिय स्तरमै संञ्चालन भएको सहकारीहरुलाई साथ दिएर अगाडी बढ्दा संस्थाको साथै शेयर सदस्यहरुको हित हुने उहाँको धारणा थियो । शेयर सदश्यहरुको आवश्यकतालाई मध्यनजर राख्दै सहज साथै सरल तरिकाले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले लगानी गर्न सक्षम रहेको उहँको धारणा थियो । पछिल्लो समयमा आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था र मित्र बचत तथा ऋण सहकारी संस्था एकिकरण भई अगाडी बढेको छ, यसरी दुई संस्था एक हुनाको कारण जिल्लामा नमुना ढंगको सहकारीको रुपमा अगाडी बढाउने लक्ष रहेको बताउनु भयो ।

    उक्त भेटघाट कार्यक्रममा संस्थाका सल्लाहकार बद्री नाथ लुंईटेलले भन्नुभयो सानातिना सहकारीबाट कृषकको समस्या टर्दैन, कृषकका साथै व्यवसायीहरु र शैक्षीक कर्जाको लागि आर्थिक विकास मित्र बचत तथा ऋण सकहारी संस्था सक्षम रहेको बताउनु भयो । सहाकरीको उद्देश्य अनुसार ग्रामिण भेगका स्थानियहरुको जिवन स्तर उकास्नको लागि सेवा क्षेत्र विस्तार गर्दै जाने बताउनु भयो । उहाँले भन्नुभयो पाँचखाल वडा नं १२ मा संस्थाले सेवा केन्द्र विस्तार गर्दै शेयर सदस्यहरुको हितको खातिर कार्य गर्ने बताउनु भयो ।

    कार्यक्रममा आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिनाले आर्थिक कारोबारको साथमा सामाजिक गतिबिधिमा समेत अगाडी बढेको संस्थाले छुट्टै पहिचान कायम गर्न सकेको वताउनुभयो । संस्थाले गरेको गतिविधिलाई नजिकबाट नियाल्दा अत्यन्त राम्रो ढंगबाट अगाडी बढेकोले आजाद माध्यकिम विद्यालयमा अध्ययन गर्ने ७५ प्रतिशत विद्यार्थीहरु संस्थामा आवद्ध भएको बताउनु भयो । पाँचखाल वडा नं १२ बालुवामा संस्थाले सेवा केन्द्रको विस्तार गरी थप सुबिधा दिनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा संस्थाका प्रबन्धक ठाकुर नाथ अधिकारीले संस्था स्थापनाकाल देखि हालसम्मको अवस्थाको वारेमा जनकारी गराउंदै सदस्यता भेटघाट कार्यक्रमको औचित्यको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले थप्नुभयो शेयर सदस्यहरुको हितको लागि कार्य गर्दै अगाडी बडेको सहकारी भएकोले सेवा केन्द्र विस्तारको लागि संस्था तयार रहेको बताउनु भयो ।

    संस्थाका सचिव नारायण ढुंगानाले शेयर सदस्यहरुको हितको खातिर कार्य गर्दै आएकोले सदस्यहरुको साथै स्थानियहरुको चाहनालाई मध्यनजर राख्दै कार्यक्षेत्र विस्तार गर्ने बताउनु भयो । अन्य सहकारी संस्था र यस सहकारी संस्थाको उद्देश्य फरक छ, यस संस्थाले शेयर सदस्यहरुलाई आर्थिक क्षेत्रमा सवल वनाउने साथै सामाजिक हितको खातिर कार्य गर्ने प्रमुख उद्देश्यले अगाडी छ, सोही अनुसार कार्य गर्दै मुलुककै नमुना ढंगको सहकारी बनाउने बताउनु भयो ।

    संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कार्य समिति सदस्य बैकुण्ठ प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाकी उपाध्यक्ष सत्यवती भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संञ्चालन उपाध्यक्ष बाबुकाजी पराजुलिले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार