२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाघको आक्रमणबाट चौध घाईते, पाँचखालका स्थानियले मारे बाघ


२११७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/पाँचखालमा बाघले आक्रमण गर्दा १४ जना घाईते भएका छन् । हिजो आईतबार विहानबाट आक्रमण सुरु गरेको बाघले आज सोमबारबार दिउंसो सम्ममा १४ जनालाई घाईते गराएपछि स्थानिहरुले बाघलाई मारेका छन् ।

    मंगलवार विहान ९ बजेवाट पाँचखाल वडा नं ६ को गहते फाँटमा वाघले पुन आक्रमण गर्न थालेपछि स्थानियले पाँचखाल प्रहरीलाई जानकारी गराएको थिए । बाघले आक्रमण गरी पहिलो घाईते हुनासाथ प्रहरीलाई जानकारी गराउँदा प्रहरी नआएपछि एक पछि अर्को गर्दै मंगलवार ९ जनालाई घाईते गराउँदा समेत पाँचखाल प्रहरी नआएपछि स्थानियहरुले दिउँसो ४ बजेको समयमा प्रहरी प्रति रुष्ट हुँदै थप आक्रमण गर्ने डरले घरेलु हतियार प्रहार गरी मारेको जानकारी प्राप्त भएको छ ।

    बाघ मारेको केही समयपछि धुलिखेल स्थित काभे्रभँज्याङ्ग र देवभूमि बालुवाबाट प्रहरी टोलि आईपुगेको थियो । वडा अध्यक्ष रामशरण दुलाल र स्थानियहरु साथै प्रहरीको उपस्थितिमा बाघलाई वन कार्यालयलाई जिम्मा दिएको थियो । धाईतेहरुलाई धुलिखेल अस्पताल र काठमाडौ स्थित टेकु अस्पतालमा उपचार गरिदै गरेको अवस्था छ । हाल सम्मको अवस्थामा विरामीहरु खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ ।

    वडा अध्यक्ष रामशरण दुलालका अनुसार सोमबार विहान पाँचखाल नगरपालिका वडा नं ६ बाट क्याम्पस पढ्न जाने ४ जना विद्यार्थीहरुलाई आक्रमण गरेको थियो । उनीहरुलाई पाँचखाल नगरपालिका वडा नं ६ को सिफारिसमा उपचारको लालि प्रति घाईते १० हजारका दरले सहयोग गरेको थियो । मंगलवार घाईते हुनेहरुमा पाँचखाल वडा नं ६ बस्ने बर्ष ६५ को भिम कुमारी सत्याल, बैकुण्ठ कायष्थ, अर्जुन श्रेष्ठ, कृष्ण वहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायष्ठ, सनक वहादुर वि.क रहेका छन् । धुलिखेल वडा नं ११ को नारायण बडाल र नाम नखुलेको एक जना रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार