२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धुलिखेलदेखि मितेरी पुल सम्मको सडक तीन बर्षमा बनिसक्ने


६३२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली

    काभ्रे/सूचना, सञ्चार प्रविधि विकास तथा सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अरनिको राजमार्ग खण्ड धुलिखेलदेखि चिनको मितेरी पुल सम्मको राजमार्ग बनाउने जिम्मा चिन सरकारलाई दिएको बताउनु भयो ।

    आज (शनिबार) पाँचखाल नगरपालिका वडा नं ५ को वडा कार्यालय उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो आगामी तीन बर्ष भित्र अरनिको राजमार्ग खण्ड धुलिखेल देखी तातोपानी स्थित मितेरी पुल सम्म चार लाईन सडक बनि सक्ने ठोकुवा गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले सडक निर्माणको क्रममा सडक मापदण्ड भित्र परेका टहराहरु हटाउने कार्यमा कुनै विवाद गर्न नहुने बताउंदै सडक मापदण्ड भित्रका टहराहरु हटाउँदा कोही सुकुम्बासी भएमा त्यस्ताका लागि सरकाले व्यवस्था गर्ने बताउनु भयो । पाँचखाल वडा नं ५ मा बनेको वडाकार्यालयको बारेमा खुसि व्यक्त गर्दै राम्रो कार्यमा आफ्नो पुर्ण साथ सहयोग मिल्ने बताउनु भयो । वडा नं ५ मा रहेका धुले सडकको व्यवस्था गर्न वडा अध्यक्ष बालकृष्ण सापकोटालाई सुझाव दिदै उहाँले भन्नु भयो “बाटो ७ मिटरको बनाउनुहोस, बजेट नपुगेमा व्यवस्था गर्छु ।”

    मन्त्री बाँस्कोटाले भन्नुभयो निर्वाचनको समयमा आफुले भनेको थियँ “पाँचखाल वासिको हितको लागि इन्द्रावतिको पाता फर्काउने, शुनकोशिको पानी पाँचखालमा ल्याउने ।” सो भने अनुसारको कार्य हुँदै गरेको बताउनु भयो । सहरी विकास मन्त्रालयबाट सञ्चालित योजना मध्यकै सवै भन्दा ठुलो योजना पाँचखाल शुनकोसि खानेपानी योजना भएको बताउंदै सो योजना छिटो भन्दा छिटो सम्पन्न हुने बताउनु भयो । इन्द्रवातिको पाता फर्काउने कार्य पनि हुदै गरेको बताउंदै सो कार्यले गर्दा पाँचखालको एक इञ्च जग्गा पनि खेर नजाने बताउनु भयो ।

    कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले वडा कार्यालयको हातामा निर्मित गणेश मन्दिरको उद्घाटन गर्दै पाँचखालका नगर वासिहरुको हितको खातिर प्रदेश मार्फत कार्यहरु भएको वताउनु भयो । पाँचखालका युवहरुलाई रोजगारी दिनको लागि बिभिन्न खाले उद्योगहरु संञ्चालन गर्ने तयारी भएको बताउनु भयो । नगरवासिहरुको हितको खातिर सेज संञ्चालन साथै विश्वबिद्यालय संञ्चालनको लागि कार्य अगाडी बढेको बताउनु भयो । आफुले निर्वाचनको समयमा जे जति आश्वासनहरु दिएको थियो त्यो सर्वै पुरा गरेरै छाड्ने बताउनु भयो ।

    वडा अध्यक्ष बालकृष्ण सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभाका सांसद तेजवहादुर मिजार, जिल्ला समन्वय समितिका उप—शंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाका शाखा अधिकृत राजेश बञ्जारा, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, मैत्रिय फाउण्डेसनका संञ्चालक इन्दिरा न्यौपाने, गणेश माविका प्रधानाध्यापक नारायण प्रसाद सापकोटा, नेपाल डेरी एशोसियसन का केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा, जेष्ठ नागरिक रामचन्द्र शुवेदी लगाएतले आ—फ्नो धारणा राख्नुभएको थियो ।

    पाँचखाल नगरबाट विनियोजित बजेटबाट निर्माणकार्य सम्पन्न भई सकेको अवस्थामा अविरल बर्षातको कारण पुर्ण रुपमा क्षति भएको उक्त वडा कार्यालय वडा अध्यक्षको व्यक्तिगत पहलमा पुन निर्माण कार्य सम्पन्न भई हाल सञ्चालनमा आएको छ । बर्षातको कारण क्षति भएको वडा कार्यालयको मर्मतको लागि तत्काल नगरवाट बजेटको व्यवस्था नहुँदा वडा अध्यक्ष बालकृष्ण सापकोटाकै पहलमा निर्माण कार्य सम्पन्न भएको थियो । वडा कार्यालय उद्घाटनको क्रममा वडामा रहेका ७० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई सम्मान गरेको थियो । सम्मानित बुद्धबृद्धाहरुलाई वडा कार्यालय सम्म आउन सहज रहोस भनि वडा अध्यक्ष सापकोटाले व्यक्तिगत ढंगबाट आवत जावतको व्यवस्था मिलाएको थियो भने कार्यक्रम सञ्चालन डालबहादुर मिजारले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार