२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पाँचखालमा उत्पादन सुरु भयो बर्णाशंकर (हाईबृज) विऊ


२७७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखालमा कृषकको लागि अति आवश्यक वर्णाशंकर (हाईबृज) विउहरु उत्पादन सुरु भएको छ । जसको कारण विउको लागि परनिर्भर हुनु नपर्ने भएको छ ।

    पाँचखालमा रहेको मसला बालि बिकास (बागबाणि) केन्द्रमा विगत बर्षबाटै बर्णाशंकर (हाईबृज) बिउ उत्पादन सुरु भएको छ । तरकारी खेतिको पकेट क्षेत्रको रुपमा रहेकोले गोलभेडालाई प्राथमिकता दिदै हाल सृजना जातको गोलभेडाको बिउ उत्पादन भएको मसला वालि विकास केन्द्रका प्रमुख युवराज पाण्डेले बताउनु भयो ।

    प्रमुख पाण्डेका अनुसार केन्द्रमा हाईटेक टनेलको व्यवस्था गरी हाइबृज विउ उत्पादन गर्न सुरुगरेका छौं । त्यसैगरी स्कृन हाउस मार्फत आलुको पि.वि.एस विउ उत्पादन गरेको बताउनु भयो । स्थानिय विउको संरक्षण गर्ने उद्देस्यले चौमासे सिमि, लसुन, बेसार, अदुवा, काक्रो लगाएतको विउहरु समेत उत्पादन गरेको प्रमुख पाण्डेले जानकारी गराउनु भयो ।

    केन्द्रमा गत बर्ष सृजना नामक गोलभेडाको हाईबृज बिउ २ किलो उत्पादन भएको र सोको मुल्य प्रतिग्राम एक सय पाँच मात्रै निर्धारण भएको थियो । त्यसैगरी आलुको पि.वि.एस ३२ हजार उत्पादन भएको र सोको मुल्य प्रतिवटा १२ देखि १५ रुपैयाँ सम्ममा बिक्रि भएको थियो । केन्द्रमा उत्पादन भएको विउ र विदेशबाट आयातित विउको (डेमो) प्रदर्सनि गरी खेति गर्दा आयातित बिउको तुलनामा केन्द्रमा तयार भएको बिउबाट उत्पादन बढी भएको कृषकहरुको भनाई रहेको छ ।

    एक सय ५२ रोपनीमा फैलिएको केन्द्रमा सिंचाई पोखरिको व्यवस्था समेत रहेको छ । सो पोखरिमा हाँस पालन भईरहेको छ , केही समयमा माछा पालन समेत गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ । केन्द्रले कृषकहरुको सहजताको लागि सिजन अनुसारको विभिन्न जातका तरकारीको बेर्ना उत्पादन गरी बिक्रि गर्दै आएको छ । पाँचखाल र आसपासको क्षेत्रमा बार्षिक ५ लाख बेर्ना विक्रि गर्देआएकोमा छ । फलफु खेति, बिभिन्न प्रकारका मसला खेति गर्दै आएको केन्द्रमा आधुनिक तरिकाले खेति गरी पाँचखालका कृषकहरुलाई समेत सोहि तरिकाले खेति गराउने लक्ष लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार