२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

निवर्तमान सभामुख महरा निर्दोश ठहरीय, जेल मुक्त हुँदा मालाको ओईरो


२२२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    काठमाडौँ । रोशनी शाहीलाई वलत्कार गरेको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका निवर्तमान सभामुख कृष्णवहादुर महरा निर्दोस ठहरीएका छन् । उनलाई कानुनि प्रकृया पुरा गरी आज रिहाई भएका छन् । १०३ दिन सम्म जेलमा बसेका महरालाई जेलबाट निस्कने बेलामा माला खादाको ओईरो लागेको थियो ।

    जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कारसम्बन्धी मुद्दामा लगाईएको आरोप दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो ।

    प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको खुल्न आएको छ । परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग नमिल्नुको कारण महरा निर्दोष ठहर भएका छन् ।

    महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

    पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा राखेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार