२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

तुलाको एकातिर गोकुल बास्कोटा अर्कोतिर अरु सवै- प्रधानमन्त्री


३६९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका बर्षहरुमा (गएका दुई बर्ष) धुलिखेल नगरको विकासलाई चौतर्फी ढंगबाट अगाडी बढाउने कुरामा प्राप्जत सफलताबाट मलाई अत्यन्तै खुसि लागेको बताउनु भयो ।

    धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसको उद्घाटन गर्दै प्रधामन्त्री ओलीले देशलाई कसरी अगाडी बढाउनु पर्छ, देशमा कस्तो लोकतन्त्र हुनुपर्छ भनदै जनताको लोकतन्त्रको वकालत गर्दै शान्ति र सु—सासनको वकालत गर्ने, विकासको आफ्नै तरिका र बाटो हुन्छ भनेर नेपाललाई तिब्र विकासको बाटोमा लान सकिन्छ भनेर नयाँ आत्मा विस्वास जगाउने जन नेता मदन भण्डारीको धुलीलेल नगरको काभे्र भञ्ज्याङ्गमा सालिक स्थापना भएकोमा धुलिखेल नगर साथै नगरवासिलाई समेत धन्यवाद दिनुभयो ।

    कार्यक्रममा पधानमन्त्री ओलीले भन्नुभयो धुलिखेल नगरपालिकाले नगरपालिकाको सिमा भित्र नभई देशभरिका सम्पुर्ण नगरपालिकाहरुलाई समेत नेतृतव गरेको बताउनु भयो । धुलिखेल नगरका मेयर अशोक व्याञ्जु देशभरिका नगरपालिकाका प्रतीनिधिहरुबाट निर्वाचित नगरपालिका संघको अध्यक्ष भएकोले सफल नेतृत्व गरेको बताउनु भयो । काभे्र जिल्ला प्रतिभा जन्माउने जिल्ला भएकोले क्रमस प्रकट हुंदै गएको बताउनु भयो । नेपालमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा अर्कोतिर अरु सवै जस्तो हुने बताउनु भयो । सरकारको विरोध गर्नु पर्योभने गोकुल बास्कोटातिर हेर्ने वित्तिकै चुपो लाग्ने बताउनु भयो ।

    विश्वविद्यालय हेर्दा नेपालको विश्वविद्यालय मध्य धुलिखेलको विश्वविद्यालय सवभन्दा अगाडी रहेको प्रधानमन्त्रि ओलिले बताउनु भयो । धुलिखेलका मेयरलाई अन्य सवै मेयरले आफ्नो मेयर ठानेको बताउनु भयो । काभे्र जिल्ला सवै चिज भएको जिल्लाको रुपमा परिचित छ, शक्तिसालि भएको देवि देउता,नमोबुद्ध जस्तो रोमणिय तिर्थस्थल लगाएतको धेरै चिन काभे्रमा रहेको वताउनु भयो । काभे्र जिल्ला आधुनिकिकरणको दिसामा अगाडी बढ्दै गरेको बताउनु भयो । काभे्रमा धेरै राम्रा कार्य गरेर पुरस्किृत हुँदै गरेको बताउनु भयो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलिखेल रत्न पदक काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूलाई प्रदान गर्नुभयो । धुलिखेल नक्षत्र वडा नं २ का तत्कालिन अध्यक्ष राजन कोइरालालाई मरणोपरान्त प्रदान गरियो । धुलिखेल प्रज्ञाश्रीबाट कलाकार मनोज पण्डित र सेवाश्री पदकबाट गोविन्द शर्मा धिताल सम्मानित हुनुभयो । विभिन्न क्षेत्रमा योगदान दिनेलाई प्रदान गरिने धुलिखेल तारा पदक कृषि क्षेत्रतर्फ राजेन्द्र ढकाल, शिक्षातर्फ कौमा काफ्ले, पर्यटनतर्फ केदार थापा, खानेपानीतर्फ कृष्णहरी कोइराला र सहकारीतर्फ साना किसान कृषि सहकारी संस्थालाई प्रदान गरियो । जनसेवा श्री पदकबाट काभ्रे स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिस्टेन्ट ब्रम्हकुमार शाही र लेखापाल राजेन्द्र बजगाईलाई प्रदान गर्नुभयो । धुलिखेलकोे वडा नं ३, ४, ५, ६ र ७ लाई वालमैत्री वडा घोषणा समेत गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार