२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना भाईरसका कारण तीन हजारको मृत्यु, एक लाख संक्रमित


२३५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।
    कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

    विश्व स्वास्थ्य संगठन -डब्लूएचओ का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये चीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ ।

    डब्लूएचओले कोरोना भाइरसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशलाई अपील गरेको छ । इटलीका अधिकारीले शुक्रबार कोरोनाका कारण मृत्यु हुनेको सख्ंया सबैभन्दा बढी पुगेको घोषणा गरेका थिए ।

    मृत्यु हुनेको औषत आयु ८१ वर्ष छन् र, उनीहरु पहिल्यैदेखि अन्य स्वास्थ्य समस्यामा थिए ।  इटली विश्वकै पाको उमेरका धेरै जनसंख्या भएको देश मध्ये एक हो । त्यहाँ कोरोना फैलिएपछि सरकारले १० दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ भने व्यवसायिक खेलहरु एक महिनासम्म बन्द कोठाभित्र खेलाइनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार