२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उप—प्रमुख लगाएतका जनप्रतिनीधि नाचे छमछमती,लक्षीत बर्गमा पुगेको छ कृषक पाठशाला-लक्ष्मी


२४९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/बिषादी रहित ढंगको तरकारी उत्पादन गराउने प्रमुख उद्देश्यका साथमा अगाडी बढेको लवग्रीन नेपालले सञ्चालन गर्दै आएको कृषक पाठशाला लक्षीत बर्ग समक्ष पुगेको छ ।

    उक्त भनाई पाँचखाल नगर उप—प्रमुख लक्ष्मी दनुवारले लवग्रीन नेपालले सञ्चालन गरेको २२ औं (तामाघाट आइ.पि.एम) कृषक पाठशाला समापनको क्रममा बताउनु भएको हो । उहाँले भन्नुभयो “पाँचखालमा उत्पादन भएको तरकारीमा अव बिषादीको मात्रा छैन ।” पाँचखाल आई.पि.एम मय भैसक्यो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि उप—प्रमुख दनुवारले विगतमा पाँचखालमा उत्पादन हुने तरकारीहरुमा चेतनाको कमीले गर्दा केही मात्रामा बिषादी प्रयोग भएपनि हल्ला भए अनुसार खानै नहुने भने थिएन । विगतमा पाँचखालको नकारात्मक प्रचार गर्नेहरु हाल आएर सकारात्मक ढंगबाट प्रचार गर्न बाध्य भएका छन् । पाँचखाल नगरको समन्वयमा लवग्रीन नेपालको सहयोगमा पाँचखालको बिभिन्न २५ स्थानमा कृषक पाठशाला संञ्चालन भएको जस्ले गर्दा पाँचखालमा उत्पादन भएको तरकारी आइ.पि.एम मय भएको बताउनु भयो ।

    लवग्रीन नेपाल, सिप्रेड लगाएतको संस्थाले कृषकहरुको जिवन स्तर उकास्ने साथै पाँचखालको भविश्य शुन्दर गराउने कार्यमा जुटेका छन् । त्यस्ता राम्रा कार्यको लागि नगरले साथ दिएको उप—प्रमुख दनुवारले बताउनु भयो । अव उत्पादन हुने सवै प्रकारको तरकारी बिषादी मुक्त भएको बताउदै लवग्रीनको कृषक पाठशालाबाट ज्ञान हासील गरेका सवै अगुवा कृषकहरुले प्रशिक्षकको भूमिका खेल्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङले लवग्रीन नेपालले सञ्चालन गरेको कृषक पाठशालाका कारण कृषकहरु खेतिको लागि दक्ष भएको बताउनु भयो । हाल सम्म पाँचखालमा संञ्चालन भएको कृषक पाठशालामा वास्तविक कृषकहरु समावेस भएको जस्ले गर्दा पाँचखालमा उत्पादन हुने तरकारीहरु आइ.पि.एम तरिकाले उत्पादन हुने ठोकुवा गर्दै कृषकहरुको चेतना उकास्ने कार्यमा लवग्रीन नेपालको ठुलो भुमिका रहेको बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले पाँचखाल नगरपालिकाले सहयोग गर्दा नगरवासिहरुको साथमा रहेर पाँचखालमा उत्पादन हुने तरकारी खेतिमा बिषादी न्युनिकरण गर्ने अवसर पाएको बताउनु भयो । पाँचखालमा सञ्चालन भएको कृषक पाठशालाबाट कृषकहरुको क्षमता अभिबृद्धि भएको बताउंदै कृषकहरुको हौसलाको लागि निरन्तर रुपमा सघाउने बताउनु भयो ।

    तामाघाट आइ.पि.एम कृषक पाठशालाका अध्यक्ष भोला दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमला दनुवार र सर्मीला दनुवारले पाठशालाबाट हासिल गरेको उपलब्धीहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पाठशालाका प्रशिक्षक पिचन्द्र बुडाले प्रतिवेदन प्रस्तुतको लागि सघाउनु भएको थियो । पाँचखालमा बिषादी रहित ढंगको तरकारी उत्पादन हुने खुसियालीमा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, प्रशिक्षक दिपचन्द्र बुडा, प्रशिक्षार्थीहरु छमछमी नाची रहंदा साँच्चै पाँचखाल आइ.पिए.मय भएको महसुस भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार